महिला लिग फुटबलः त्रिभुवन आर्मीलाई हराउँदै एपिएफको तेस्रो जित

महिला लिग फुटबलः त्रिभुवन आर्मीलाई हराउँदै एपिएफको तेस्रो जित

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

त्रिभुवन आर्मी क्लबलाई २–० ले हराउँदै एपिएफले तेस्रो खेलमा स्पष्ट जित निकाल्दा अर्को विभागीय टोली नेपाल पुलिस क्लबले वालिङ नगरपालिका स्याङसँग बराबरीमा रोकिएको छ ।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को मुख्यालयमा भएको खेलमा एपिएफले लगातारका तीन खेलमा स्पष्ट जित निकालेको हो । यस्तै अर्को खेलमा पुलिसले मोफसलको वालिङसँग १–१ को बराबरी खेलेको हो ।

एपिएफले स्पष्ट तेस्रो खेलमा जित निकाल्दा पहिलो हाफमा गरेको गोल निर्णायक बनेको हो । एपिएफका लागि अञ्जली योन्जन र सरु लिम्बुले पहिलो हाफमा गोल गरेका थिए । अञ्जलीले २७औं मिनेटमा पहिलो गोल गर्दा इन्जुरी समयमा सरु लिम्बुले गोल गर्दै टोलीको अग्रता २–० मा पुर्याएकी थिइन् ।
जितसँगै एपिएफको तीन खेलबाट ९ अंक भएको छ । पराजित आर्मीको ४ अंक भएको छ ।

लिगअन्तर्गत मंगलबारकै पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मुख्यालयमा वालिङले लिएको सुरूवाती अग्रतालाई पुलिसले दोस्रो हाफमा बराबरी गर्दै अंक खोसेको हो ।

वालिङका लागि विदेशी खेलाडी मिथो इल्डाइ रूथले ५३ औं मिनेटमा गोल गरेकी थिइन् । पहिलो हाफ गोल रहित बराबरी खेलेका टोलीले दोस्रो हाफमा आक्रामक खेल खेलेका थिए । पछि परेको विभागीय टोलीका लागि रेखा पौडेलले ६५ औं मिनेटमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएकी थिइन ।
त्यसपछि दुवै टोलीले स्पष्ट जितका लागि प्रतिस्पर्धा गरे पनि पाएका राम्रा अवसर सदुपयोग गर्न नसक्दा दुवै टोलीले अंक बाँडेका हुन । तीन खेलबाट पुलिसको ५ अंक भएको छ भने वालिङको २ अंक मात्र भएको छ ।

Logo