मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

मोटरसाइकल ठक्करबाट एकको मृत्यु, तीन घाइते

केन्द्रबिन्दु
0
Shares

मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गएराति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते हुनुभएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । 

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो । दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएको थियो ।

ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Logo