ललितपुर महानगरमा आज ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइँदै

ललितपुर महानगरमा आज ‘जोन्सन एण्ड जोन्सन’को खोप लगाइँदै

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकासहित गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र दक्षिण ललितपुरको महाँकाल गाउँपालिकामा आज जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ। मुलुकमा फैलिरहेको कोरोना महामारीबाट ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकलाई जोगाउन सो खोप लगाउन लागिएको हो।

महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद अर्यालले जारी गरेको सूचनामा महानगरपालिकाअन्तर्गत सरकारी कार्यालयमा कार्यरत कर्मचारीका साथै स्वास्थ्य र सरसफाइकर्मी अनि विदेश जान प्रवेशाज्ञा लिइसकेका व्यक्तिलाई समेत सो खोप उपलब्ध गराइने उल्लेख छ ।

यसैगरी गोदावरी नगरपालिका र महाँकाल गाउँपालिकाले जारी गरेको सूचनामा भने पूर्ण तथा अति अशक्त अपाङ्गता भएका नागरिकका साथै हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई समेत सो खोप दिइने जनाइएको छ। महालक्ष्मीले सोमवारदेखि सुरु गरेको सो खोप अभियानमा हिजो खोप लगाउन छुटेका सो उमेर समूहका व्यक्तिलाई खोप लगाइने जारी सूचनामा उल्लेख छ। 

ललितपुरमा मङ्गलबार दिइने जोन्सन एण्ड जोन्सनको खोप निरीक्षण गर्न सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाका साथै नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले महानगपालिका–१ कुपण्डोलमा रहेको खोप केन्द्रको व्यवस्थापनबारे जानकारी लिएका थिए।रासस

Skip This
Skip This
Logo