डिशहोम फाइबरनेट सेवा धरानमा पनि विस्तार भएको छ। यस अघि काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, इनरुवा, इटहरी, बर्दिवास, बुटवल, ढल्केबर र विराटनगरमा यसअघि नै डिशहोम फाइबरनेटको सेवा पुगिसकेको र अब धरानमा पनि सेवा सुरु गरिएको डिशहोमले जनाएको छ।
समग्र नेपालमा पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हाल धरान पुगेको छ र छिटै नेपालका प्रमुख शहर पोखरा, नेपालगञ्ज, धनगढी, विर्तामोड, जनकपूर, विरगंज लगायत अन्य स्थानमा पनि पुग्दैछ।
डिशहोम फाइबरनेट देशबासीहरु माझ उच्चगतिको इन्टरनेट सेवाको मागलाई मध्यनजर गरि आफ्ना DTH प्रयोगकर्ताहरुको माग पूरा गर्न सन् २०२० मा डिशहोमले सुरु गरेको हो। डिशहोमको फाइबरनेट प्रत्येक व्यवसाय र बासिन्दालाई छिटो, किफायती र भरपर्दो सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ।
डिशहोम फाइबरनेटका साथमा उत्कृष्ट इन्टरनेट कनेक्सनको अनुभवसहित, डिशहोमका ग्राहकहरुका लागि डिशहोम टिभीको निःशुल्क सदस्यता, आकर्षक छुटहरु, निःशुल्क डिशहोम GO App र XVOD जस्ता विभिन्न सुविधाहरु उपलब्ध छन्। फाइबरनेटका योजनाहरु १० Mbps देखि १०० Mbps सम्म उपलब्ध छन्।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा सम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।





























प्रतिक्रिया