नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सकिएको छ। भोलि तीन बजे बस्ने गरि पार्टी बैठक सकिएको हो।
बैठकमा सरकारले बनाएको भूमि व्यवस्था सम्बन्धी समस्या सामधान गर्न बनाएको आयोग सरकारले खारेज गर्ने योजनाबारे वृहत छलफल भएको र आयोगले गरेको कामको फेहरिस्त आयोगका अध्यक्ष देवी ज्ञवालीबाट सुनिएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बताए।
सरकारले आयोग खारेज गरे के गर्ने भन्ने बारे छलफल भएको तर निर्णय नभएको बताए।
त्यस्तै पार्टीका प्रदेश अध्यक्षहरुले पार्टीको अहिलेको सांगठनिक संरचना कस्तो रहेको र यदि पार्टीबाट कोही बाहिरिए त्यसले पार्ने प्रभावबारे ब्रिफिङ, प्रतिवेदन र सुझाव दिएको समेत ज्ञवालीले बताए।
प्राप्त सुझावहरुमा पार्टीको विवाद सामधान छिटो गर्न जोड दिएको पनि उनले जानकारी दिए।
त्यस्तै ओली तर्फका विघटित कार्यदलका संयोजक सुवास नेम्वाङले १० बुँदे सहमति कसरी भयो भनेर ब्रिफिङ गरेको उनले बताए।





























प्रतिक्रिया