मंगलबार नेकपा एमालेका वरिष्ठ नेता (माधव नेपालपक्ष) का सांसदको बैठक बसेको छ।
बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गरेको हो। मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद विरोध खतिवडाले बताए।
उनले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिले सत्यको बाटोमै हिँडेको बताए।
हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ, सांसद खतिवडाले भने, हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ।
अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि भएको र एमाले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टीकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको बताए।
त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद रामकुमारी झाँक्रीले मंगलबारको बैठकमा प्रतिनिधिसभाको विघटनदेखि पुनर्स्थापनासम्मको भूमिकाबारे छलफल भएको बताए। साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको बताइन्।
सरकारमा जाने कुरा हाम्रो एजेण्डा थिएन, नेतृ झाँक्रीले भनिन्, हाम्रो पार्टी अपोजिशन भएकोले सरकारमा जाँदैनौँ।
गत वर्षको फागुन २२ गतेदेखि जारी एमालेको पार्टी विवाद अहिलेसम्म उस्तै छ।































प्रतिक्रिया