साताको चौथो दिन आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला ७ सयले घटेको हो। आइतबार ६ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ४ सयले बढेको थियो ।
गत हप्ता आइतबार सुन स्थिर थियो भने सोमबार २ सयले घटेको थियो। मंगलबार २ सयले बढेको थियो। यस्तै बुधबार ३ सयले बढ्दा बिहीबार ५ सयले बढेको थियो। शुक्रबार स्थिर थियो।
आज छापावाला सुनको प्रतितोला ९२ हजार ५ सय मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९२ हजार मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २६० मा कारोबार भइरहेको छ।





























प्रतिक्रिया