सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसबाट पार्टीको तर्फबाट मन्त्री बन्नेहरुको प्रारम्भीक सूची तयार भएको छ।
महामन्त्री पूर्णबहादुर खड्कासहित कांग्रेसका नेताहरुको छलफलले कांग्रेसबाट मन्त्री बन्नेहरुको नाम तय गरेका हुन्।
समाचार स्रोतका अनुसार देवेन्द्रराज कँडेल, किशोरसिंह राठौर मन्त्री बन्ने सम्भावना बढेको छ।
पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित देवेन्द्रराज कँडेल शेरबहादुर देउवाका विश्वास पात्र पनि हुन्।
प्रतिद्वन्द्वीलाई करिब १० हजार बढी मतान्तरले पराजित गर्न सफल भएका कँडेल संचारमन्त्री बन्ने पक्का पक्की जस्तै भएको स्रोतले जनाएको छ।





























प्रतिक्रिया