राष्ट्रिय सभा सदस्य डा. विमला राई पौडेलले नेपाली नागरिकता नभएका ६ लाख नेपाली युवाले संसदमा टेबुल भएको ‘नागरिकता विद्येयक’ पास गराउन सधैं आग्रह गर्ने गरेको बताएकी छिन्।
नागरिकता नभएकै कारण उनीहरूले मौलिक हकको प्रयोग स्वतन्त्रपूर्वक ढंगले गर्न नपाएको डा. पौडेलको भनाइ छ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा उनले प्रतिनिधिसभामा झण्डै साढे तीन वर्षदेखि विद्येयक थन्किएर बसेको र छिटो पारित गरेर राष्ट्रिय सभामा पठाउन माग गरिन्।
उनका अनुसार नागरिकताविहीन ६ लाख युवामध्ये धेरैजसो नेपाली एकल आमाका सन्तान हुन्।
संविधानमा हरेक नेपाली नागरिकलाई नागरिकता लिनबाट बञ्चित गरिने छैन भनिएको र बुबा वा आमाको नामबाट नागरिकता लिन पाउने भनिएकाले उनीहरूलाई नागरिकता दिनुपर्ने उनको माग छ।
नागरिकता नदिएर उनीहरूमाथि अपराध गरिरहेको पनि बताइन्।





























प्रतिक्रिया