इन्डोनेसियामा डुङ्गा दुर्घटना: २४ जनाको मृत्यु, ३१ बेपत्ता

इन्डोनेसियामा डुङ्गा दुर्घटना: २४ जनाको मृत्यु, ३१ बेपत्ता

केन्द्रबिन्दु
0
Shares

इन्डोनेसियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने अरु ३१ जना बेपत्ता भएका छन्।  

देशको पश्चिम कालिमान्थान प्रान्तमा सामुद्रीक आँधीका कारण १८ डुङ्गा पल्टिएको सरकारी अधिकारीले जानकारी दिए। उद्धारकर्ताले बेपत्ता भएकाको खोजी तीव्र बनाइएको पनि उनीहरुले बताएका छन्। उद्धारकर्ताले ८३ जनालाई भने सकुशल उद्धार गरेका छन्। 

बन्दरगाहा नजिकै दुर्घटना भएका डुङ्गा भने नियन्त्रणमा ल्याइसकिएको अधिकारीले जानकारी दिएका छन्। 

खोजी तथा उद्धार जारी रहेकाले मृत्यु भएकाको सङ्ख्या अझ धेरै हुनसक्ने उद्धारकर्ताले बताएका छन्। इन्डोनेसियामा सामुद्रीक आँधी बेलाबेलामा आइरहने र ठूलो मानवीय क्षति भइरहने गरेको छ।

Skip This
Skip This
Logo