कोरोना संक्रमण तीब्ररुपमा फैलिएसँगै झापाको शनिश्चरे एक हप्ताका लागि बन्द

कोरोना संक्रमण तीब्ररुपमा फैलिएसँगै झापाको शनिश्चरे एक हप्ताका लागि बन्द

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमण तीब्ररुपमा फैलिएसँगै झापाको अर्जुनधारा नगरपालिकास्थित शनिश्चरे बजार एक हप्ताका लागि बन्द गरिएको छ। 

वडा नं ८ कार्यालयले दिएको जानकारी अनुसार साउन ८ गते राति (आज) १२ बजेदेखि १५ गतेसम्मका लागि बन्द गरिएको हो। 

वडा कार्यालयले सूचना जारी गर्दै शनिश्चरे बजार र आसपासका क्षेत्र पूर्णरुपमा बन्द गरिने जनाएको छ।

बजार व्यवस्थापन समिति, चेम्बर्स अफ कमर्श, उद्योग वाणिज्य संघ, टोल विकास समितिसमेतको छलफलपछि नागरिकको जीवन रक्षाका लागि बजार क्षेत्र बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष गोपिचन्द्र गौतमले जानकारी दिए।

Logo