कुलेखानी-सिस्नेरी सडकखण्डमा पहिरोः यातायात सेवा अवरुद्ध

कुलेखानी-सिस्नेरी सडकखण्डमा पहिरोः यातायात सेवा अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ।

पहिरोले सडकको करिब ३५ मिटर लामो भाग पुरिएकाले त्यसलाई पन्छाउन सडक विभागको प्राविधिकसहितको टोली गइसकेको र आजै अपराह्नसम्म पहिरो हटाई यातायात सेवा सञ्चालन गर्ने प्रयास भइरहेको सिस्नेरी प्रहरीचौकीले जनाएको छ। 

पहिरो पन्छाउन सिस्नेरीबाट खटिएको प्रहरी टोलीले समन्वय गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले बताए। 

Logo