टोकियो ओलम्पिक : सोनिया पराजित

टोकियो ओलम्पिक : सोनिया पराजित

केन्द्रबिन्दु
0
Shares

टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भएकी छन् ।

शनिबार भएको राउण्ड अफ ३२ अन्तर्गत महिलाको ४८ केजी तौल समूहमा सोनिया रुसी खेलाडी डोल्गोभा इरिनासँग पराजित भएकी हुन् । १९ वर्षीया सोनिया विश्व वरीयताको नवौं स्थानमा रहेकी रुसी खेलाडी इरिनासँग इप्पोनको आधारमा पराजित भईन् । 

इरिनाले फाइनलमा स्थान बनाएको खण्डमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउनेछिन् ।

सोनिया नेपालमा आयोजना भएको १३ औं सागकी कास्यधारी खेलाडी हुन् । सोनियाले महिला ४८ केजीमुनि कास्य जितेकी थिइन् ।

Logo