नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरसँग आज भेटवार्ता गरेका छन्।
आज बिहान दुवै नेताबीच भेटवार्ता भएको हो। भेटमा प्रकाण्ड पनि सहभागी थिए।
विगत डेढ साता यता विप्लवले आफ्नो राजनीतिक भेटघाटलाई निरन्तरता दिइरहेका छन् ।
विप्लवले अधिकांश राजनीतिक दलका नेतृत्वसँग भेटवार्ता गरिसकेका छन्। उनले शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापालाई भेटेका थिए।
यस्तै प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी ओली, जसपाका नेता डा. बाबुराम भट्टराई, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले वरिष्ठ नेता माधव नेपाल रमोहन वैद्य लगायतसँग पनि भेटघाट गरिसकेका छन्। पछिल्ला दिनहरुमा उनको सक्रियता र भेटघाटलाई निकै महत्वका साथ लिइएको छ।





























प्रतिक्रिया