नेकपा एमालेका नेता महेश बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अन्य दलको सहयोग बिना निर्वाचन जितेर देखाउन चुनौती दिएका छन्।
युथफोर्सको भ्याली कमान्ड घोषणा कार्यक्रममा बोल्दै बस्नेतले भने, ‘आगामी निर्वाचनमा काँग्रेस र जसपाको सहयोगबिना निर्वाचन जितेर आउनुस्, युथफोर्सले फूलमाला लगाइदिनेछ।’
त्यस्तै बस्नेतले प्रचण्ड आगो भए त्यस्तो आगो युथफोर्सको पानीले निभाइदिने बताए। प्रचण्डले ८ साउनमा आगोलाई नजिस्किन भन्दै संसदमा दिएको चेतावनीको प्रतिउत्तरमा बस्नेतले यस्तो प्रतिक्रिया दिएका हुन्।





























प्रतिक्रिया