नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
शनिबार बिहान एक कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले 'भीम रावल नपत्याउदो ढंगले ढलेको' भनेर बताएका थिए । त्यसको जवाफमा रावलले कडा वक्तव्य निकाल्दै 'प्रचण्डले एमाले ढाल्न खोजेको र शेरबहादुर देउवासँग स्वाधीनताका विषयमा कुरा गर्ने मौका नदिएको' बताएका छन् ।
प्रचण्डको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै रावलले 'एमाले विभाजन गर्न खोजेको' आरोप लगाएका छन् ।
रावलले शनिबार राति विज्ञप्ति जारी गर्दै 'गठबन्धन सबैको आ-आफ्नो स्वार्थमा बनेको थियो' भनेका हुन् ।





























प्रतिक्रिया