काठमाडौं ।
आइपीएलको गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले आफ्नो तेस्रो जित दर्ता गरेको छ । साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकाताले तेस्रो जित निकालेको हो ।
कोलकाताले दिएको १६८ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५७ रन मात्र बनाउन सक्यो ।
चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि उनको टोली पराजित भयो ।यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताले राहिल त्रिपाठीको ८१ रन मद्दतमा १६७ रन जोडेको थियो ।
जितसँगै कोलकाता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकाताले ५ खेलमा ६ अंक जोडेको छ । यस्तै ६ खेलमा ४ अंक जोडेको चेन्नई भने पाँचौ स्थानमा रहेको छ ।





























प्रतिक्रिया