जब फिनल्याण्डमा एक दिनका लागि १६ वर्षीया किशोरी प्रधानमन्त्री भइन् !

जब फिनल्याण्डमा एक दिनका लागि १६ वर्षीया किशोरी प्रधानमन्त्री भइन् !

केन्द्रबिन्दु
0
Shares

फिनल्याण्ड ।

लैंगिक समानताका लागि उत्कृष्ट देश मध्ये फिनल्याण्ड अगाडि छ । प्रधानमन्त्री सन्ना मरिनले हालै त्यसको थप उदाहरण प्रस्तुत गरेकी छिन् । १६ वर्षीया किशोरीलाई एक दिनका लागि प्रधानमन्त्रीको पद हस्तान्तरण गर्दै मरिनले उदाहरणीय कदम चालेकी हुन् ।

आभा मुर्तो नामकी ती किशोरी बुधबारका लागि प्रधानमन्त्री बनाइएकी हुन् । तर उनले कुनै नयाँ निर्णय गर्ने वा कानुन बनाउने छैनन् । तर उनले प्रविधिमा महिला अधिकारबारे राजनीतिज्ञहरुसँग दिनभर बैठक बसाउने छुट दिइएको थियो । संयुक्त राष्ट्रसंघको बालिका दिवसको अवसरमा ‘च्यारिटी’का लागि फिनल्याण्डले यस्तो कार्यक्रम आयोजना गरेको हो ।

‘प्लान इन्टरनेश्नल’को ‘गर्ल्स टेकओभर’ मा फिनल्याण्डले भाग लिएको यो लगातार चौथो वर्ष हो । जस अनुरुप विश्वभरका देशबाट किशोर किशोरीहरुलाई एक दिनका लागि राजनीति र अन्य क्षेत्रको नेतृत्व दिइन्छ ।

यस वर्षको कार्यक्रम किशोरीका लागि डिजिटल सीप र प्राविधिक अवसर बढाउनेतर्फ केन्द्रित थियो । जहाँ केन्या, पेरु, सुडान र भियतनाम पनि सहभागी थिए । फिनल्याण्डकी मुर्तोले भने यसरी किशोरीको पक्षमा सबैसामु उभिएर बोल्न पाउँदा आफू खुसी भएको प्रतिक्रिया दिएकी थिइन् ।

‘यद्यपि सत्य के हो भने, हामीले अझैसम्म लैंगिक समानता प्राप्त गरिसकेका छैनौँ । पृथ्वीमा कहीँ पनि । जब कि, यस क्षेत्रमा थुप्रै राम्रा काम गरिसकेको भए पनि त्यहाँ अझै धेरै काम गर्नु आवश्यक छ,’ आभा मुर्तोले भनिन् ।

उनले बुधबार साँझ प्रविधिमा लैंगिक समानताबारे प्रधानमन्त्रीसँग भेटेर छलफल गरिन् । प्रधानमन्त्री सान्ना मरिनले भने फिनल्याण्डमा प्रविधिमा हरेकको पहुँच हुने कुराको प्रतिवद्धता व्यक्त गरिन् ।

मरिन फिनल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुनुका साथै सबैभन्दा कान्छो उमेरकी प्रधानमन्त्री हुन् । जो गत वर्ष ३४ वर्षको उमेरमै प्रधानमन्त्री पदमा चुनिएकी थिइन् । साथै उनको गठबन्धन मन्त्रिपरिषदमा पनि महिला मन्त्रीहरुकै बहुमत छ । जसमध्ये तीन मन्त्री त ३५ वर्ष उमेर मुनीका छन् ।अन्नपूर्णबाट

Logo