घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

घट्यो सुनको मूल्य, कतिमा कारोबार हुँदै?

केन्द्रबिन्दु
0
Shares

साताको पहिलो दिन आज सुनको मूल्य घटेको छ। आज सुन प्रतितोला १ सयले घटेको हो। 

गत हप्ता आइतबार ६ सयले घटेको थियो। सोमबार २ सयले बढेको थियो भने मंगलबार ४ सयले बढेको थियो। यस्तै बुधबार सुन सात सयले नै घटेको थियो। बिहीबार पनि ७ सयले नै घटेको थियो भने शुक्रबार ३ सयले बढेको थियो ।

आज छापावाला सुनको प्रतितोला ९२ हजार मूल्य निर्धारण भएको छ। यस्तै तेजाबी सुन आजका लागि ९१ हजार ५ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

यता चाँदीको मूल्य आज १० रुपैयाँले घटेको छ। चाँदी आज एक हजार २७० मा कारोबार भइरहेको छ।

Skip This
Skip This
Logo