नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले गरिव जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले उच्च प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गरेका छन्।
सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा आईतबार अपरान्ह पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै गरिव जनतालाई कोरोना खोपको आवश्यक व्यवस्था गर्ने कामलाई आफूले पहिलो प्राथमिकता दिने जनाए।
राज्यमन्त्री श्रेष्ठले कोरोनाको तेस्रो लहर आउन नदिने विषयमा विज्ञहरुसँग छलफल गरी अल्पकालीन र दीर्घकालीन योजना बनाई अघि बढने जानकारी समेत दिए।





























प्रतिक्रिया