श्रीमतीको हत्या अभियोगमा बृद्ध पक्राउ

श्रीमतीको हत्या अभियोगमा बृद्ध पक्राउ

केन्द्रबिन्दु
0
Shares

दाङको शान्तिनगर गाउँपालिका-४ बस्ने ७५ वर्षीय मोहनलाल न्यौपानेलाई श्रीमतीको हत्या गरेको अभियोगमा आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

घरायसी विवादका कारण मोहनलालले श्रीमती ६९ वर्षीया भगवती न्यौपानेलाई शुक्रबार दिउँसो कुटपिट गर्दा गम्भीर घाइते भई भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी चिराघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Skip This
Skip This
Logo