स्वरूपराज आचार्य र अस्मिताको आवाजमा नयाँ गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक (भिडियो)

स्वरूपराज आचार्य र अस्मिताको आवाजमा नयाँ गीत ‘माया गर्ने मान्छे’ सार्वजनिक (भिडियो)

केन्द्रबिन्दु
0
Shares

गायक स्वरूपराज आचार्य र गायिका अस्मिता परियारको स्वरमा रहेको नयाँ गीत सार्वजनिक गरिएको छ। सार्वजनिक ‘माया गर्ने मान्छे’ बोलको गीतमा अनिल शाहीको संगीत तथा गौतम डंगोल( सन्देश ) को शब्द रचना रहेको छ।

'ब्लुबेरी स्टुडियो'मा रेकर्ड गरिएको गीतमा संगीत संयोजन प्रमोद परियारको रहेको छ।

दिपेश सापकोटाको निर्देशन रहेको भिडियोलाई बिशाल (माइलो)ले छायाँकन तथा उज्जवल ढकालले सम्पादन गरेका हुन्। भिडियोमा सुरक्षा पन्त र रोचक जोशी फिचर्ड छन्।

यसअघि पनि थुप्रै गीतमा स्वर दिई सकेकी अस्मिता पाश्र्व गायन समेत सक्रिय छिन्। उक्त गीतको  भिडियो ‘ट्री इन्टरटेन्टमेन्ट’को अफिसियल च्यानलमार्फत हेर्न सकिन्छ।

 

Skip This
Skip This
Logo