एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा

एएफसी महिला एसियन कप-२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा

केन्द्रबिन्दु
0
Shares

भदौ २८ देखि असोज ९ गतेसम्म नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय टोली अहिले बन्द प्रशिक्षणमा छ। समूह एफ मा रहेको नेपालले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा छनोट हुने लक्ष्यसहित तयारीलाई तीब्रता दिइरहेको हो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा नेपाली टिमले नेपालमा आयोजना हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि तयारीलाई तीब्रता दिइरहेको हो । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्। 

छनोट चरणको खेल खेल्न लागेको नेपाल समूह एफ मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन्। एसियन कप खेल्ने लक्ष्य नेपाली टोलीले राखेको छ । नेपाली टोलीका लागि ठूलो अवसर भएको भन्दै सहायक प्रशिक्षक अरुणा गुरुङले खेलाडीले मिहिनेत गरेको बताइन्।

ग्यारी फिलिप्स देश बाहिर रहेकाले एन्फाले चेतन घिमिरे, भगवती राना मगर र अरुणा गुरुङलाई सहायक प्रशिक्षकमा नियुक्त गरेर तयारीलाई तीब्रता दिइरहेको हो। घरेलु मैदानमा हुने छनोट खेलमा नेपाल लागि नेपाली महिला टोलीले तयारी राम्रो गरिरहेको भन्दै एसियन कपका लागि छनोट हुने आशावादी रहेको कप्तान रेनुका नगरकोटीले बताइन् ।

चोटका कारण हाल कतारमा उपचार गराइरहेकी सर्वाधिक गोलकर्ता तथा मुख्य फरवार्ड सावित्रा भण्डारी भने टोलीबाट बाहिर हुनेछिन्। मुख्य खेलाडी नभए पनि नयाँ खेलाडीको प्रदर्शनबाट प्रतियोगितामा छनोट हुने बताइन् ।

राष्ट्रिय महिला फुटबल टिमका लागि तीन जना सहायक प्रशिक्षकले मुख्य प्रशिक्षक ग्यारी फिलिप्सको निर्देशनमा अभ्यास गराइरहेका छन् ।

Logo