नेपालमा आज अहिले सम्मकै उच्च संक्रमित, एकै दिन ३ हजार ४३९ संक्रमित थपिए

नेपालमा आज अहिले सम्मकै उच्च संक्रमित, एकै दिन ३ हजार ४३९ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या ९४ हजार २५३ पुगेको छ । आज ३ हजार ४३९ जना थपिएका छन् । मंगलबार १ हजार ५५१ जना थपिएका थिए ।

कोरोनाबाट देशभर निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ । आज निको हुनेको संख्या १ हजार १२६ छ । मंगलबार निको हुनेको संख्या २ हजार ३४० थियो ।

आजको पिसिआर परीक्षण १४ हजार २०९ रहेको छ । आज २५ हजार ७ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । आज मात्र १५ जनाको मृत्यु भएको छ । मंगलबार ९ जनाको मृत्यु भएको थियो ।

काठमाडौं उपत्यकामा आज १ हजार ६८४ जना संक्रमित थपिएका छन् । आज काठमाडौंमा १ हजार २९६ , भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना थपिएका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै काठमाडौंमा २७ हजार ३०४, ललितपुरमा ३ हजार ६४४ र भक्तपुरमा २ हजार ८०१ संक्रमित पुगे । अब काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या ३३ हजार ७४९ पुगेको छ ।

 

Logo