जबर्जस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई दियो उच्च अदालतले सफाइ

जबर्जस्ती करणी मुद्दामा पूर्वसभामुख महरालाई दियो उच्च अदालतले सफाइ

केन्द्रबिन्दु
0
Shares

पूर्वसभामुख कृष्णबहादुर महरालाई उच्च अदालतले जबर्जस्ती करणी उद्योग मुद्दामा सफाइ दिएको छ ।

उच्च अदालत पाटनले महरा विरुद्धको मुद्दाको मंगलबार सुनुवाइ गर्दै काठमाडौं जिल्ला अदालतले यसअघि गरेको फैसलालाई सदर गरेको हो ।  

न्यायाधीशद्वय विमल सुवेदी र माधवप्रसाद पोखरेलको संयुक्त इजलासले माओवादी नेता महरा विरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतको फैसला सदर गर्ने फैसला गरेको हो ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने एक कर्मचारीलाई बलात्कार गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । सो आरोपपछि २०७६ असोज १४ गते महराले सभामुखबाट राजीनामा दिएका थिए । राजीनामाको पाँच दिनपछि असोज १९ गते उनी पक्राउ परेका थिए ।

स्मरण रहोस्, पीडित महिलाले नै जिल्ला अदालतमा उपस्थित भएर महराले बलात्कार नगरेको वयान दिएकी थिइन् । सो बयानलाई आधार मानी जिल्ला अदालतले बलात्कारको दावीमा प्रमाण नपुग्ने भनी सफाइ दिएको थियो ।

 

Logo