जिन्स लगाएकै कारण नेहाको हत्या, अपूरै रह्यो प्रहरी अधिकृत बन्ने सपना

जिन्स लगाएकै कारण नेहाको हत्या, अपूरै रह्यो प्रहरी अधिकृत बन्ने सपना

केन्द्रबिन्दु
0
Shares

गत साता भारतको उत्तर प्रदेशमा १७ वर्षीया नेहा पासवानलाई उनका नजिकका आफन्तहरूले कुटेर हत्या गरेको छन्। आफन्तहरूले विशेष गरेर नेहाले जिन्स लगाएको मन नपराएको र कुटपिट गरेको आरोप लागेको विविसीमा उल्लेख छ। 

मृतक पासवानकी आमा शकुन्तलादेवी पासवानले बताएअनुसार ती किशोरीसँग उनको पहिरनबारे विवाद भएपछि उनका हजुरबा–हजुरआमा र काका–काकीहरूले लट्ठीले कुटेका थिए। उक्त घटना उत्तर प्रदेशको देवरिया जिल्लास्थित सवरेजी खर्ग गाउँमा भएको हो। उक्त क्षेत्र उत्तर प्रदेश राज्यको एकदमै कम विकसित क्षेत्र मध्ये पर्छ।

आमा शकुन्तलादेवीले विविसी हिन्दीसँग भनेकी छिन्, ‘छोरी दिनभरि व्रत बसेकी थिई। साँझमा उसले  जिन्स र टप लगाएर पूजा गरी। तर, हजुरबा–हजुरआमाले त्यो पहिरनबारे आपत्ति जनाएका थिए। नेहाले जिन्स लगाउनकै लागि त बनाएको हो नि भन्दै लगाएकी थिई।’

जिन्स पहिरनका बारेमा विवाद बढ्दै जाँदा पछि त्यसले नै हिंसाको रूप लिएको आमा शकुन्तलादेवीको भनाइ छ। उनका अनुसार नेहा अचेत भएपछि उनका तिनै आफन्तले नै ट्याम्पो बोलाएर अस्पताल लगेको तर, छोरीसँग आफूलाई जान भने नदिएको बताएकी छिन्। 

‘मलाइसँगै जान दिएनन् र मैले अन्य आफन्तहरूलाई खबर गरेँ । पछि आफन्तहरू जिल्ला अस्पतालमा पुग्दा त्यहाँ बिरमाी लिएर गएका आफन्तहरू र छोरी नेहा पनि थिएनन्,’ आमा शकुन्तलाले दर्दनामक दृष्य सुनाइन्, ‘भोलिपल्ट गण्डक नदीको पुलमा शव झुन्डिरहेको आयो, पुगेर हेर्दा आफ्नै छोरीको सब रहेछ।’

घटनाको विवरण अनुसार प्रहरीले नेहाका हजुरबा–हजुरआमा, काका–काकी, काका–काकीका छोराछोरी र अटो ड्राइभरसहित १० जनाविरुद्ध हत्या र प्रमाण मेटाउन खोजेको आरोपमा जाहेरी दर्ता गरेको र ४ जनालाई पक्राउगरि अनुसन्धान थालेको छ। 

शकुन्तलादेवीका भनाइमा छोरी नेहा प्रहरी अधिकृत बन्न चाहन्थिन् तर, जिन्स पहिरनले पासवान परिवारको त्यो सपना अपूरै रह्यो। परिवारका अन्य सदस्यले नेहालाई स्थानीय विद्यालयबाट पढाइ छाड्न र आधुनिक पहिरन नलगाउन दबाव दिने गरेका थिए। उक्त दबाबको अवज्ञा गरेकै कारण नेहाले ज्यान गुमाउनु पर्याे। 

विशेष गरेर भारतमा महिला र बालिकाहरूले गम्भीर खतराको सामना गर्नु परिरहेको त्यहाँका अभियानकर्मीहरू बताउने गर्छन्। परम्परागत र पितृसत्तात्मक सोचले घरभित्रै महिलामाथि हुने हिंसाले त्यसक्षेत्रमा गहिरोसँग जरा गाडेको र घरकै वरिष्ठ सदस्यहरू नै हिंसाका कारक बन्ने गरेका छन्।

कतिपय अवस्थामा छोराको चाहना राख्ने अभिभावकहरुले पितृसत्तात्मक सोचकै कारण भ्रुण पहिचान गरेर छोरी भए गर्भमै हत्या गराउने गरेको अभियानकर्ताहरूको भनाइ छ। पर्याप्त दाइजो नल्याएको निहुँमा प्रत्येक दिन २० महिलाको हत्या हुने गरेको पनि बीबीसीले जनाएको छ। विशेषगरी साना सहर र गाउँमा बस्ने महिलाले कस्तो लुगा लागाउने, कहाँ र कोसँग जाने लगायतका विषयमा गाउँका मुखिया वा घरका पुरुष सदस्यबाट अवरोध खेप्ने गरेका छन्।

यसरी भारतमा बालिका र महिलालाई परिवारका सदस्यहरूले प्रताडित गरेका घटनाहरू प्रमुखताका साथ समाचारमा आउँदै गर्दा यस्ता घटनाले बालिका र महिला आफ्नै घरभित्र कति असुरक्षित छन् भन्ने उजागर गरिदिएको छ।

Logo