निर्वाचन आयोगले सँगै बस्ने वातावरण दिएन, अब हामी सर्वोच्च जान्छौंः ठाकुर पक्ष

निर्वाचन आयोगले सँगै बस्ने वातावरण दिएन, अब हामी सर्वोच्च जान्छौंः ठाकुर पक्ष

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको छ।

सोमवार निर्वाचन आयोगले जनता समाजवादी पार्टीको आधिकारिता उपेन्द्र यादव पक्षलाई दिएपछि आयोगको सो निर्णयविरुद्ध ठाकुर पक्ष सर्वोच्च अदालत जाने भएको हो। मंगलवार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च जाने बताए। उनले यस विषयमा आवश्यक कानूनी परामर्श गरिरहेको पनि बताए। 

उनले भने–‘हाम्रो कानूनले के भन्छ उसैको फैसला अन्तिम हुन्छ। अन्तिम भएको कारणबाट पुनरावेदन लाग्दैन। सर्वोच्च अदालतको असाधारण क्षेत्राधिकार पावरभित्र फेरि जाने सोचिराख्या छौँ। सँगै बस्ने अवस्था पनि छैन। सँगै बस्ने वातावरण त निर्वाचन आयोगले नै दिएन नि । ३४ र १६ त भन्दियो नि। अलग–अलग हौ भन्दियो नि। यो फैसलाको आलोचना, छलफल गर्छौं। यसमाथि हामी सर्वोच्च जान्छौँ।’

उनले पार्टी एक रहोस् भन्ने प्रयास कतैबाट पनि नभएको बताए। निर्वाचन आयोगले सँगै बस्ने वातावरण नदिएको उनले आरोप लगाए।

Logo