राष्ट्रिय सभाका सदस्य रामनारायण विडारीले वर्तमान देउवा सरकारले नै कांग्रेस नेता विजयकुमार गच्छदारलाई अदालत पुर्याएको अभिव्यक्ति दिएका छन्।
‘डेढ बर्षसम्म ओलीले दुध भात खुवाएर घरमै लुक बाबु लुक भनेर भनेका मान्छेलाई नयाँ सरकार आउने वित्तिकै झ्याप्प समातेर ढ्याप्प अदालतमा बुझायो’, विडारीले भने।
उनले अदालतको निर्णयलाई राष्ट्रिय सभामा विवाद गर्ने नहुने पनि बताएका छन्। ‘अदालतको विवाद यहाँ बहस गर्ने हो? अदालतका ती न्यायाधीशहरु अहिलेको सरकारले नियुक्ति गरेको हो र? देउवाले नियुक्ति गरेको हो र ?’उनले प्रतिप्रश्न गरे।
नेपाली कांग्रेसका नेता गच्छदार शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएको एक साता नवित्दै विशेष अदालतमा हाजिर भएका थिए। उनी ललिता निवास जग्गा प्रकरणमा मुछिएका हुन्। उनी विरुद्ध नौं करोड बढी विगो दाबी थियो । तर, विशेष अदालतले उनलाई दश लाख धरौटीमा छाडेको छ।
उनलाई छोडिएको भन्दै सरकारको आलोचना हुँदै आएको छ। राष्ट्रिय सभामा पनि उक्त विषय निकालेर एमालेका सांसदहरुले विरोध जनाएपछि विडारीले गच्छदारको मुद्दाको कुरा राष्ट्रिय सभामा निकाल्नु बेइमानी भएको बताए।
त्यस्तै विडारीले, पूर्व अर्थ मन्त्री विष्णु पौडेलको प्रसंग झिक्दै ‘कि छोराको नाममा जग्गा बनाइदिनेलाई जस्तो मुद्दै नलगाएको भए हुन्थ्यो, कि शुल्क लिएको भनेर जग्गा लिनेहरूलाई जस्तो मुद्दै नलगाइ दिएको भए हुन्थ्यो’, भन्दै प्रश्न पनि उठाए ।































प्रतिक्रिया