सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि जावलाखेल क्लबको टिम तयार

सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि जावलाखेल क्लबको टिम तयार

केन्द्रबिन्दु
0
Shares

जावलाखेल युथ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिगका लागि खेलाडी अनुबन्धको प्रक्रिया लगभग सक्याएको छ। ललितपुर ‘ए’ डिभिजन क्लब जावलाखेलले नयाँ सिजनका लागि कुल ४० खेलाडी अनुबन्ध गरिएको जनाएको हो।

जावलाखेलले केही नयाँ खेलाडीलाई भित्र्याउँदै र पुराना खेलाडीको सम्झौता नवीकरण गर्दै दुई लिगका लागि ४० खेलाडी अनुबन्ध गरेको छ । शीर्ष डिभिजनको ‘ए’ लिग र राष्ट्रिय लिग एकै समयमा हुने भएका कारण ठूलो संख्यामा खेलाडी अनुबन्ध गरिएको जावलाखेलले जनाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘ए’ डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने निर्णय गरिसकेको छ । एन्फाको क्यालेन्डरमा भदौको मिति राखिए पनि राष्ट्रिय लिगको मिति तय भएको छैन। 

अघिल्लो सिजनको लिगमा जावलाखेल शीर्ष ६ मा रहेको थियो। जावलाखेलले टिमको कप्तानी कुलदिप कार्कीलाई नै दिएको छ । टेकेन्द्र थापाले गोलपोस्ट सम्हाल्ने छन्। विदेशी कोटामा अर्मान्ड, पेपे र कोइकलाई अनुबन्ध गरेको छ। दक्षिण एसियन कोटाका खेलाडी भने अनुबन्ध गर्न बाँकी रहेको क्लबले जनाएको छ।

जावलाखेलका मुख्य प्रशिक्षकमा किशोर केसी रहेका छन्। सहायक प्रशिक्षक नरेश थापा छन्। जावलाखेलका प्रमुख खेलाडीहरुमा कुलदिप कार्की (कप्तान), अमिर श्रेष्ठ, सोजित गुरुङ, सुरज ज्यु ठकुरी, टेकेन्द्र थापा, रुपबहादुर लामा, गौरव श्रेष्ठ, श्रीमान्त थापा, राजेन्द्र रावल, शुशिल यादव, विनोद केसी, अर्मान्ड, पेपे, कोइक, सन्त गुरुङ, सुनिल खड्का, मनोज श्रेष्ठ, सन्जिब कार्की, ईश्वर गुरुङ, निशन न्यौपाने, सन्तोष दाहाल, विजय ठकुरी, निराजन खत्री रहेका छन्।

Logo