देउवालाई चिनियाँ प्रधानमन्त्रीको बधाई

देउवालाई चिनियाँ प्रधानमन्त्रीको बधाई

केन्द्रबिन्दु
0
Shares

शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा चीनका प्रधानमन्त्री ली खछ्याङले बधाई ज्ञापन गर्दै कार्यकालको सफलताको कामना गरेका छन् । 

चिनियाँ प्रधानमन्त्रीले आफ्ना नेपाली समकक्षी देउवालाई आज बधाई सन्देश पठाएर चीन र नेपालबीचको रणनीतिक सम्बन्ध र साझेदारी तथा अनन्तकालसम्म रहिरहने मैत्री चिनियाँ चाहना भएको बताए ।

सन्देशमा चिनियाँ प्रधानमन्त्रीले वेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) मार्फत सहयोग, कोरोना महामारी नियन्त्रण, त्यसविरुद्धको प्रतिकार्य तथा महामारीका कारण थलिएको अर्थतन्त्रको पुनरुत्थानमा सघाउन चीन क्रियाशील रहने उल्लेख गरेका छन् ।

साथै उनले पारस्परिक हितका खातिर काम गर्न तथा चीन र नेपालबीचको रणनीतिक साझेदारीलाई अझ सुदृढ तुल्याउँदै नयाँ उचाइ चुम्ने अभिलाषा प्रकट गरेका छन् । 

Logo