टी-ट्वान्टी वरियतामा नेपालका पाँच खेलाडी

टी-ट्वान्टी वरियतामा नेपालका पाँच खेलाडी

केन्द्रबिन्दु
0
Shares

आईसीसीको टी–ट्वान्टी वरियतामा नेपालका पाँच खेलाडी परेका छन्। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसिसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरियतामा नेपालका पाँच खेलाडी अटाएका हुन्।

नयाँ वरियता अनुसार नेपालका युवा खेलाडी कुशल भुर्तेलको वरीयता सुधार भएको छ। ब्याटिङ वरियतामा कुशल ६० औं स्थानमा रहेका छन्। यस अघि उनी ६१ औं स्थानमा रहेका थिए। कुशल बंगलादेशका शकिब अल हसन भन्दा अघि रहेका छन्। हसन ६२ औं स्थानमा रहेका छन्।

नयाँ वरियतामा नेपालका पूर्व कप्तान पारस खड्का ९४ औं स्थानमा झरेका छन्। यस्तै कप्तान ज्ञानेन्द्र मल्ल ९७ औं स्थानमा झरेका छन्। बलिङ वरियतामा नेपालका सन्दीप लामिछाने ८२ औं स्थानमा झरेका छन्। बलिङतर्फ सोमपाल कामी भने ९७ औं स्थानमा उक्लिएका छन्।

Logo