जारी टोकियो ओलम्पिक अन्तर्गत पौडीको महिला ४ गुणा २ सय मिटर फ्रिस्टाइलमा चीनले विश्व कीर्तिमानसहित स्वर्ण पदक जितेको छ।
टोकियोको एक्वेटिक सेन्टरमा बिहीबार चीनले ७ः४०.३३ मिनेटको समय निकाल्दै विश्व कीर्तिमानसहित स्वर्ण जितेको हो।
स्पर्धामा यस अघि अष्ट्रेलियाले ७ः४१.५० मिनेटको कीर्तिमान बनाएको थियो । याङ्ग जुनछुवान, ताङ मुहान, झाङ युफी र ली बिङजी रहेको चिनियाँ टोलीले अमेरिकालाई पछि पार्दै स्वर्ण जितेका हुन् । अमेरिकाले ७ः४०.७३ मिनेटसहित रजत जित्दा अष्ट्रेलियाले ७ः४१.२९ मिनेटसहित कास्य जितेको छ।
जारी ओलम्पिकमा हालसम्म ६५ राष्ट्रले पदक हात पारेको छ । जसमा ३८ राष्ट्रले स्वर्ण पदक प्राप्त गरेको छ।





























प्रतिक्रिया