यसपालीको राष्ट्रिय फुटबल लिग ‘होम एण्ड अवे’ का आधारमा सञ्चालन गर्ने तयारी गरिएको छ। कोभिड–१९ का कारण गत वर्ष प्रभावित बनेको राष्ट्रिय लिग ‘होम एण्ड अवे’ का आधारमा सञ्चालनको तयारी भएको हो।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले राष्ट्रिय लिगको मिति र अन्य मोडालिटी तय गर्न सहभागी १० क्लबलाई भोलि (शुक्रबार) छलफलमा बोलाएको छ। शुक्रबारको छलफलले राष्ट्रिय लिगका सन्दर्भमा देखिएको अन्यौलता हटाउने अपेक्षा गरिएको छ।
एन्फा तालिका अनुसार राष्ट्रिय लिग भदौमा सुरु गर्नुपर्ने उल्लेख छ। तर एन्फाले सहिद स्मारक ए डिभिजन लिगको मिति तोक्दै राष्ट्रिय लिगलाई संगसँगै लैजाने माडालिटी तय गरेको छ । तर ए डिभिजन र राष्ट्रिय लिगसँगसँगै लैजाने विषयमा क्लबहरुको बिमती छ। यसमा एन्फाकै पदाधिकारीले समेत असन्तुष्ट छन्।
एन्फाले राष्ट्रिय लिग खेल्ने सबै क्लबलाई शुक्रबार छलफलमा बोलाएको छ । बैठक एन्फा हेडक्वार्टर सातदोबाटोमा साढे १२ बजे सुरु हुनेछ।
एन्फाले असोज ३ गतेबाट सहिद स्मारक ए डिभिजन लिग सुरु गर्दैछ । राष्ट्रिय लिगका लागि कात्तिक ३० गतेको प्रस्तावित मिति एन्फाले छलफलमा राखेको छ । शुक्रबारको बैठकले सहिद स्मारकको पहिलो चरण सकिएपछि वा पुरै लिग सकिएपछि राष्ट्रिय लिग आयोजना गर्ने सन्दर्भमा निर्णय गर्नेछ।
पछिल्लो संस्करणको ए डिभिजन लिगमा च्याम्पियन बनेको मछिन्द्र एफसीसहित मनाङ मस्र्याङ्दी क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, जावलाखेल युथ क्लब र थ्री स्टार राष्ट्रिय लिग खेल्दैछन्।





























प्रतिक्रिया