नेप्से परिसूचक १५.१३ अंकसँगै कारोबार रकमसमेत घट्यो

नेप्से परिसूचक १५.१३ अंकसँगै कारोबार रकमसमेत घट्यो

केन्द्रबिन्दु
0
Shares

साताको अन्तिम दिन बिहीबार शेयर बजार मापक नेप्से परिसूचक घटेको छ । बिहीबार नेप्से परिसूचक १५.१३ अंकले घटेर ३ हजार ७९.८२ को बिन्दुमा झरेको छ । बुधबार यसअघिका सबै रेकर्ड तोड्दै ३ हजार ९४.९५ विन्दुमा पुगेको थियो । 

बिहीबार कारोबारमा  आएका २१७ कम्पनीको २ करोड ६० लाख ४० हजार २३ कित्ता शेयर १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ रुपैयाँ १७ पैसा बराबरको कारोबार भएको छ । होटेल तथा टुरिजम र विकास बैंक बाहेकका सबै उपसमूहका सूचकहरू घटेका छन् । यस क्रममा फाइनान्स समूहको उपसूचक सबैभन्दा धेरै १.९६ प्रतिशतले घटेको छ । 

त्यस्तै, बिहीबार रिडी हाइड्रोको शेयर मूल्य सबैभन्दा धेरै ९.९५ प्रतिशतले, जीवन विकास लघुवित्तको शेयर मूल्य ८.२२ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर मूल्य ७.६५ प्रतिशतले तथा युनाईटेड इदी मर्दी हाइड्रोको शेयर मूल्य ७.५५ प्रतिशतले बढेको छ । 

तर गुडविल फाइनान्सको शेयर मूल्य सबैभन्दा धेरै ७.३३ प्रतिशतले, माउन्टेन हाइड्रोको शेयर मूल्य ६.१७ प्रतिशतले, जानकी फाइनान्सको शेयर मूल्य ५.५० प्रतिशतले र जोशी हाइड्रोको शेयर मूल्य ३.७३ प्रतिशतले घटेको छ । 

गुडविल फाइनान्सको सबैभन्दा धेरै ३३ करोड ९२ लाख, हिमालयन डिस्टिलरीको २९ करोड ४४ लाख, युनाइटेड मोदी हाइड्रोको २५ करोड ४३ लाख बराबरको कारोबार भएको छ।

Logo