मुख्य प्रशिक्षक अलमुताइरीद्वारा पनि छानबिनको माग

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा पनि छानबिनको माग

केन्द्रबिन्दु
0
Shares

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पनि छानबिनको माग गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा) मा बिहीबार निवेदन दर्ता गराएका छन्।

प्रशिक्षक अलमुताइरीले बिहीबार एन्फा कम्प्लेक्स पुगेर एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र दुई संचारकर्मीसँगको विवादबारे छानबिन गर्न माग गर्दै निवेदन दर्ता गराएका हुन्। एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षक अलमुताइरीले बिहीबार अपरान्ह एन्फामा आएर निवेदन दिएको जानकारी गराए।

आफूसँग दुई सञ्चारकर्मीबीच भएको विवादमा वरिष्ठ उपाध्यक्ष नेम्बाङको भूमिका रहेको अलमुताइरीले आरोप लगाउँदै आएको बताइएको छ । अलमुताइरीले आइतबार सामाजिक सञ्जालमा समर्थकलाई सम्बोधन गर्दै एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङका कारण आफूले राजीनामा दिन लागेको घोषणा गरेका थिए। यद्दपी उनले लिखित राजीनामा भने दिएका छैनन्।

अर्कोतर्फ नेम्बाङले भने एन्फाको आउने निर्वाचनलाई प्रभावित गर्नेगरि आफूमाथि आरोप लगाएको बताएका थिए। उनले अलमुताइरीको आरोपका सत्यता नभएको उल्लेख गर्दै छानबिनका लागि एन्फा केन्द्रिय समितिको बैठक माग गरेका छन्। एन्फाले यहि विषयमा छलफल गर्न शुक्रबारका लागि केन्द्रिय समितिको आपकालीन बैठक बोलाएको छ।

विवादका दुवै पक्षले छानबिनको माग गरेपछि घटनाक्रमले नयाँ मोड लिएको छ । अलमुताइरीले आफूविरुद्ध नेम्बाङले भूमिका खेलेको आफूसँग प्रमाण रहेको बताउँदै आएको बुझिएको छ । उता नेम्बाङले भने आफूले सञ्चारकर्मीलाई प्रयोग गरेको प्रमाणित भए पदबाट राजीनामा घोषणा गर्ने सञ्चारकर्मीलाई यसअघि नै बताइसकेका छन्।

Skip This
Skip This
Logo