एएफसी यू–२३ एसियन कप छनोट प्रतियोगिताबाट उत्तर कोरियाले आफ्नो नाम फिर्ता लिएको छ। उत्तर कोरियाले छनोट प्रतियोगिताबाट नाम फिर्ता लिएको एसियन फुटबल फेडेरेसन (एएफसी) ले जनाएको छ।
छनोट चरणमा उत्तर कोरिया इस्ट जोनको समूह के मा रहेको थियो। यस समूहमा जापान र कम्बोडिया रहेको थियो । एएफसी यू–२३ एसियन कप उज्वेकिस्तानमा सन् २०२२ मा आयोजना हुनेछ।
यस प्रतियोगिताका लागि नेपालले समेत छनोट खेल खेल्नेछ । वेस्ट जोनको छनोटमा नेपाल समूह बी मा रहेको छ। नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन्। यस्तै उत्तर कोरियाले भारतमा आयोजना हुने एएफसी वुमन्स एसियन कप छनोटबाट समेत नाम फिर्ता लिएको एएफसीले जनाएको छ।































प्रतिक्रिया