जसपा बैठकद्वारा संगठन सुदृढीकरण तथा जागरण अभियानको कार्ययोजना पारित

जसपा बैठकद्वारा संगठन सुदृढीकरण तथा जागरण अभियानको कार्ययोजना पारित

केन्द्रबिन्दु
0
Shares

सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) ले बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको छ।

बुधवार पार्टी कार्यालय तुलसीलाल अमात्य स्मृति भवनमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संगठन सुदृढीकरण तथा जागरण अभियान २०७८ को कार्ययोजना पारित गरेको हो। बैठकपछि पार्टी प्रवक्ता डम्बर खतिवडाले यो अभियान भाद्र १ गतेदेखि मंसिर मसान्तसम्म चल्ने बताए। उनले यो अवधिमा पार्टीको समायोजन, प्रशिक्षण, संगठन र जनजागरण सम्बन्धि कामहरु गर्ने र पार्टीलाई दुरुस्त बनाउने अभियानमा लाग्ने बताए।

बैठकले पार्टीभित्र आउन सक्ने समस्या, अनुशासन सम्बन्धि घटनाहरुको छानबिन गर्न ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । समितिको संयोजकमा नवराज सुवेदी र सदस्यहरुमा प्रकाश अधिकारी, गोविन्द चौधरी, दुर्गा सोब र सुशिला श्रेष्ठलाई चयन गरिएको समेत उनले बताए।  

बैठकले पार्टीको अनुशासन आयोगको प्रमुखमा कपिलवस्तु जिल्लाका पार्टी केन्द्रीय समितिका सदस्य नरसिंह चौधरीलाई नियुक्ति गरिएको प्रवक्ता खतिवडाले बताए।

Logo