देशभरि मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम

देशभरि मनसुनी वायुको प्रभाव कायमै, यस्तो छ आजको मौसम

केन्द्रबिन्दु
0
Shares

नेपालमा मनसुनी वायुको प्रभाव कायम रहेको छ। आज देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज अधिकांश स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ।

राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

अहिले बिहान देशभरको मौसम सामान्य बदलीको अवस्थामा रहेको साथै प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ।

नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

Skip This
Skip This
Logo