एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश होस्ः भीम रावल

एमसीसीसँग जोडिएका सबै सम्झौता संसदमा पेश होस्ः भीम रावल

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मिलेनियम च्यालेन्स कर्पाेरेसन (एमसीसी) कार्यान्वयन सम्झौता संसदमा पेश गर्न माग गरेका छन्।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै सांसद रावलले एमसीसी सम्झौता संसदबाट अनुमादन नभई कार्यालय खोल्ने, भूमि अधिग्रहण गर्ने लगायतका काम सुरु भइसकेको बताए। 

रावलले एमसीसीका कतिपय बुँदा परिमार्जन नगरी पारित गरे घातक हुने बताए। तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कार्यदलमा रहेका रावलले एमसीसीसँग जोडिएका थुप्रै सम्झौता हेरेको तर, कार्यान्वयन सम्बन्धी सम्झौता हुन नपाएको भन्दै उनले भने, ‘मूल सम्झौतासँगै भएका सबै सम्झौता यहाँ पेश गरियोस।’

उनले अगाडि भने, ‘त्यहाँ भएका स्वाधीनता, राष्ट्रिय हित र स्वतन्त्र परराष्ट्र नीति विपरीतका प्रावधानहरु परिवर्तन नभई सम्झौता गरिए राष्ट्रघात हुनेछ।’

रावलले नेकपा र एमालेको सरकार रहँदा पनि एमसीसी परियोजनाको विरोध गरेका थिए।

परमादेशबाट बनेको देउवा नेतृत्वको सरकारले पनि एमसीसीलाई प्राथमिकतामा राखिरहेको बेला उनले विरोध सुरु गरेका हुन्।

Skip This
Skip This
Logo