अस्ट्रेलियामा लकडाउन कार्यान्वयनका लागि सेना परिचालन

अस्ट्रेलियामा लकडाउन कार्यान्वयनका लागि सेना परिचालन

केन्द्रबिन्दु
0
Shares

कोरोना महामारीको दोस्रो लहरसँगै अस्ट्रेलियामा संक्रमण दर बढ्दो छ। 

कोभिड–१९ को पहिलो लहरपछि केही समयका लागि ‘जिरो कोभिड’ को स्थितिमा पुगेको अस्ट्रेलियाका मुख्य सहरहरूमा हाल डेल्टा भेरिएन्टको संक्रमण बढ्दो क्रममा रहेको छ। संक्रमण बढेसँगै सरकारले मुख्य सहरहरूमा लकडाउन घोषणा गरेको थियो।

लकडाउन जारी गरिएको भए पनि त्यसको राम्रोसँग पालना नभएपछि संक्रमण नियन्त्रणमा आउन सकेको छैन। यस समस्याबाट पार पाउन अस्ट्रेलियाली सरकारले सेना परिचालन गरेको हो। 

लकडाउनलाई बेवास्ता गरेको भन्दै सरकारले अस्ट्रेलियाको सबैभन्दा ठूलो सहर सिड्नीमा सेना परिचालन गरेको छ। प्रहरीसँगै खटिएका अस्ट्रेलियन डिफेन्स फोर्सका सैनिकहरू लकडाउन पालना भए नभएको निगरानी गर्न सडकमा आउने गर्छन्। 

अस्ट्रेलियामा आगामी अगस्ट २८ सम्मका लागि लकडाउन जारी गरिएको छ। अत्यावश्यक कामबाहेक घरबाहिर निस्कन बर्जित गरिएको छ। 

Logo