काभ्रेमा एकै दिन ५६ जना नयाँ संक्रमित थपिए

काभ्रेमा एकै दिन ५६ जना नयाँ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

काभ्रे जिल्लामा मंगलबार एकैदिन ५६ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै जिल्लामा कूल संक्रमितको संख्या ८२४ पुगेको छ ।

जस मध्ये ५२४ जना निको भएका छन् । जिल्लामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये ४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

उनका अनुसार थपिएका नयाँ संक्रमित मध्ये धुलिखेलका १७ जना, पनौतीका २ जना, बनेपाका १५, पाँचखालका २ जना, मण्डनदेउपुरका १, नमोबुद्धमा १८ र भुम्लु गाउँ पालिकाका १ रहेका छन् ।

Skip This
Skip This
Logo