महानगरीय ट्राफिक प्रहरी महाशाखाले भक्तपुरबाट २ वटा पल्सर मोटरसाइकलसहित चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ।
उपत्यकाको विभिन्न स्थानहरूबाट हुने मोटरसाइकल चोरीका घटनाहरुलाई न्युनिकरण गर्न सादा पोशाकमा ट्राफिक प्रहरी परिचालन गरि चोरीमा संलग्न गिरोहलाई विशेष निगरानी गर्न, सूचना संकलन गर्न र त्यस्ता व्यक्तिहरुलाई पक्राउ गर्न विशेष अभियान संचालन भइरहेको ट्राफिक प्रहरी प्रमुख एसएसपी जनक भट्टराईले बताए।
चोरीमा संलग्नहरुलाई पक्राउ गर्न परिचालित टोलीले एक हप्तादेखिको निरन्तर सूचना संकलन र निगरानी पश्चात हिजो साँझ पल्सर मोटरसाइकलसहित भक्तपुरबाट तीनैजनालाई पक्राउ गर्न सफल भएको र अन्य संलग्नहरुको समेत सुचना संकलन गर्ने र खोजतलास गर्ने कार्य भइरहेको उनले बताए।
भक्तपुर सरस्वतीखेलका बासुदेव खड्काको आफ्नै घर अगाडिबाट ०७६ सालमा हराएको उक्त मोटरसाइकलसहित रामेछाप घर भई भक्तपुर बस्ने बर्ष १९ को दिपेन्द्र भुजेल र ताप्लेजुङ्गका १९ बर्षे विशेष लिम्बु पक्राउ परेका हुन्। वास्तविक नं बा९७प १३०५ भएको कालो, रातो रङको १५० सी.सीको उक्त पल्सर मोटरसाईकलको नम्बर परिबर्तन गरि बा९५प ४१६८ भएको अवस्थामा ट्राफिक टोलीले पक्राउ गरेको महाशाखाले जनाएको छ।
ट्राफिक प्रहरीले थप अनुसन्धान गरि पशुपति क्षेत्रबाट हराएको किर्तिपुर बस्ने प्रशान्त रावलको बा९६प ८८३६ नं को कालो एनएस पल्सरको वास्तविक नम्बर परिवर्तन गरि बा९१प ८६७२ नम्बर प्रयोग गरेको अबस्थामा धनुषा मिथिलाका २१ बर्षिय बिकल थापालाई समेत भक्तपुरबाटै नियन्त्रणमा लिएको हो।
पक्राउ परेको मोटरसाइकलसहित तीनै जनालाई थप अनुसन्धान एव कानुनी कार्बाहीको लागि प्रहरी बृत्त ठिमीमा बुझाएको समेत ट्राफिक महाशाखाले जनाएको छ।
गत आ.व.मा मोटरसाइकल चोरीमा संलग्न ५१ जनालाई पक्राउ गरी चोरी मुद्दा चलाउन विभिन्न प्रहरी ईकाइमा पठाएको छ भने हराएका ३९७ वटा मोटरसाईकल सम्बन्धित धनीलाई जिम्मा लगाएको महाशाखाले जनाएको छ।































प्रतिक्रिया