नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ । ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा शुरु भएको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका छन्। यसअघिका केही बैठकमा गौतम अनुपस्थित थिए।
यो बैठकमा केन्द्रीय विभागहरूको पूर्णता, विधान महाधिवेशनको तयारी र पार्टी सदस्यता नविकरण र वितरण लगायत एजेण्डा रहेको कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन्। आइतबारको बैठकमा माधव पक्षका नेताहरू पनि सहभागी हुने आँकलन गरिएको थियो तर, उनीहरू अनुपस्थित रहेका छन्।
पार्टी विवाद निरुपण गर्न र वरिष्ठ नेता माधव नेपाल सहितको बैठक गर्न एक दिन बैठक सार्न विघटित कार्यदलले शनिबार प्रस्ताव गरेको थियो। सोहीअनुसार शनिवारको बैठक आइतबारको लागि सारिएको थियो । माधव पक्ष बैठकमा नआएपछि पार्टी एकता कायम हुनेमा संशय पैदा भएको छ।





























प्रतिक्रिया