देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ हो, भद्दा राजनीतिकरण सुरु गरिसक्योः केपी ओली

देउवा नेतृत्वको सरकार ‘प्रतिगामी’ हो, भद्दा राजनीतिकरण सुरु गरिसक्योः केपी ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ‘प्रतिगामी’ को संज्ञा दिएका छन्। त्यस्तै उनले अहिले देखिनै देउवा सरकारले दादागिरी देखाउन थालेकोसमेत आरोप लगाए।

आइतबार तुलसीलाल अमात्यको २४ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवा नेतृत्वको सरकार बनेदेखि नै प्रतिगामीहरुको दादागिरी सुरु भएको ओलीले बताए। 

‘दमन गर्ने काम भइसक्यो, खाना खान नदिएर रोक्ने काम भइसक्यो। भद्दा राजनीतिकरण सुरु भइसक्यो’, अध्यक्ष ओलीले भने, ‘यो अलोकतान्त्रिक तरिकाको कास्टिङ मात्रै हो। हामी यस्ता सबै कुराको प्रतिवाद र आवश्यक परे प्रतिरोध पनि गर्छौं।’

त्यस्तै ओलीले आफ्नै पार्टीका केही बिग्रिएका तत्वहरुले गर्दा प्रतिगामीहरुको सरकार बन्ने स्थिति आएको बताएका छन्। उनले देउवा नेतृत्वको ‘प्रतिगामी’ सरकार निष्ठा छोडेर दक्षिणपन्थीसँग मिल्न गएको समेत आरोप लगाए।

सम्बोधनकै क्रममा ओलीले केही स्वार्थी लोभिपापीहरुका कारण नेकपा फुटाइएको पनि बताए। ओलीले अनुशासनहीन र अराजकहरुले नै नेकपा फुटाएको र आफ्नै पार्टीको नेतृत्वको सरकार पनि ढालेको आरोप लगाए। उनले त्यस्ताहरुले कम्युनिस्ट आन्दोलनलाई अघि नबढाउने दाबी पनि गरे।

‘कम्युनिस्ट आन्दोलनभित्र यस्ता अत्यन्तै दुखद् पात्र र प्रवृत्तिहरू छन् । यस्ताबाट पार्टीलाई बचाउनुपर्छ । विचारबाट पार्टी चलाउनुपर्छ’, उनले माधव नेपाल समूहप्रति लक्षित गर्दै भने, ‘आफ्नै पार्टीको सरकार ढालेर प्रतिपक्षमा पुगेर बेसरम कामहरु भएका छन्।’

ओलीले पुष्पलालले स्थापना गरेको र मनमोहन, मदन भण्डारीले अघि बढाएको पार्टी एमालेले कम्युनिस्टहरूले विकास गर्न सक्छन् भन्ने पुष्टि गरेको पनि बताए।

Logo