नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई नेपाली जनताको रक्षाको लागि आँखा खोल्न आग्रह गरेको छ।
संघको केन्द्रीय कमिटीको आयोजनामा काठमाडौँको नयाँ बानेश्वरमा आयोजित विरोध कार्यक्रममा संघले देउवा नेतृत्वको सरकार नालायक कुम्भकर्ण जस्तै ६ महिना सुत्ने ६ महिना उठ्ने प्रकारको भएको बताएको हो।
दार्चुला जिल्लाको महाकाली नदी तर्ने क्रममा नेपाली युवा जय सिंह धामी बेपत्ता भएको घटनाप्रति सरकारले नजरअन्दाज गरेको आरोप संघले लगाएको छ।
संघले गृहमन्त्री बालकृष्ण खाणले पत्रकारहरूलाई भारतविरुद्ध नलेख्न चेतावनी दिएको भन्दै सरकारले नेपाली जनताको सुरक्षामा आँखा चिम्लिएर बसेको आरोप लगाएको छ।































प्रतिक्रिया