नेकपा एमालेको स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ ।
हिजो आइतबारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । एमालेले बोलाएका बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालीपक्षीय स्थायी कमिटी सदस्यहरु भने उपस्थित भएका छैनन् ।
आजकाे बैठकमा पार्टीभित्रको विवाद, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा केन्द्रित हुने बताइएको छ ।





























प्रतिक्रिया