चाँदीको मुकुट चोरी भएपछि खोजी गर्न सीमानाका बन्द

चाँदीको मुकुट चोरी भएपछि खोजी गर्न सीमानाका बन्द

केन्द्रबिन्दु
0
Shares

सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित प्रसिद्ध छिन्नमस्ता सखडेश्वरी शक्तिपीठमा भगवतीको चाँदीको मुकुट (मस्तक) चोरी भएपछि  व्यापक प्रहरी परिचालन गरिएको छ । आइतबार साँझ मुकुट चोरी भएको हो ।

घटनासँगै प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको नेतृत्वमा प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेसहितको टोली त्यहाँ पुगेको छ ।

खोजी कार्यलाई तीव्रता दिएर चोरी भएको ठाउँसहित जिल्लाका भारतीय सीमानाका बन्द गरिएको छ । 

Logo