मध्य भोटेकोशीको साधारण शेयर बिक्री म्याद साउन ३१ गतेसम्म थप

मध्य भोटेकोशीको साधारण शेयर बिक्री म्याद साउन ३१ गतेसम्म थप

केन्द्रबिन्दु
0
Shares

मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ। स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो।

मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्नेछन्। यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो। कम्पनीले प्रति शेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री गरिरहेको छ। 

त्यसमा १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र र ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाबासीका लागि बिक्री हुनेछ। साधारण शेयरमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्म शेयर आवेदन दिने व्यवस्था गरिएको छ। आयोजना प्रभावित भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५, ६ ७ र ८ मा बसोबास गर्ने बासिन्दा र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्नेले साधारण शेयरमा आवेदन दिन पाउने व्यवस्था छ। 

आयोजना कूल १०२ मेगावाट क्षमताको हो। चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सो आयोजना निर्माण गरिरहेको छ। कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ। 

Skip This
Skip This
Logo