जेफ बेजोसले एकै झड्कामा वार्षिक कमाइको ८० प्रतिशत गुमाए

जेफ बेजोसले एकै झड्कामा वार्षिक कमाइको ८० प्रतिशत गुमाए

केन्द्रबिन्दु
0
Shares

अमेजनका संस्थापक जेफ बेजोसले कम्पनीको आम्दानी घटेका कारण १३.५ अर्ब अमेरिकी डलर गुमाएका छन्, जुन उनको वार्षिक आम्दानीको ८० प्रतिशत हो। 

अमेजनको दोस्रो त्रैमासिकको आम्दानीमा आएको गिरावटले बेजोसको सम्पत्तिमा असर पुर्याएको हो। उक्त कम्पनीले लगातार तीन त्रैमासिकसम्म लगातार १०० अर्ब भन्दा माथिको आम्दानी गरेको भए पनि त्यसले अमेजनको शेयर मूल्यमा गिरावट आउनबाट रोक्न सकेन। 

शुक्रबार मात्रै अमेजको शेयर मूल्यमा ७.२ प्रतिशत गिरावट आई प्रति शेयर ३ हजार ३ सय ४० अमेरिकी डलर पुगेको थियो। यसको प्रभावले बजोसको कूल सम्पत्ति २ सय ७ अर्ब अमेरिकी डलरबाट १ सय ९६ अर्ब अमेरिकी डलरमा झरेको आँकलन गरिएको छ।

Logo