असार १ मा हेरफेर गरिएको राष्ट्रिय कार्यकारिणी समितिको आधारमा जनता समाजवादी पार्टीको आधिकारिकता विवाद निरूपण हुनुपर्ने माग गर्दै महन्थ ठाकुर पक्षले दायर गरेको निवेदनको सुनुवाइ सर्वोच्च अदालतले आज पनि हेर्न नभ्याइने मा राखेको छ। सो रिट आइतबार पनि हेर्न नभ्याइने सुचीमा राखिएको थियो ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा तोकिएको उक्त रिट आज ‘हेर्न नभ्याइने’ सूचीमा परेको हो।
ठाकुर पक्षले ११ साउनमा निर्वाचन आयोगले आधिकारिकता विवाद निरूपण गर्न गरेको निर्णयले अन्यायमा परेको जनाएको छ। सोही कारण आयोगको निर्णय बदर हुनुपर्ने माग ठाकुर पक्षको छ।
आयोगले ११ साउनमा राष्ट्रिय कार्यकारिणी समितिमा हेड काउन्ट को आधारमा जसपाको आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिएको थियो। जतिबेला ५१ कार्यकारिणी सदस्यीय समितिमा यादव पक्षसँग ३४ र ठाकुर पक्षसँग १६ जना रहेको पुष्टि भएको थियो।





























प्रतिक्रिया